काठमाडौँ । आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठूलो रकम सहयोग गरेको देखाउन नक्कली बैंक स्टेटमेन्ट तयार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कार्कीले कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखिने गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए । सरकारी कोषमा रकम जम्मा गरेको प्रमाणका रूपमा प्रयोग गर्न खोजिएको उक्त स्टेटमेन्ट नक्कली रहेको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
कार्कीमाथि नक्कली कागजात तयार गरेको विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्