विद्युत् नियमन आयोगद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग


काठमाडौँ । विद्युत् नियम आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले आज मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत कोषमा १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा,नुवाकोट, धादिङमा ठुलो जनधनको क्षति गरेको छ ।

घटनापछि अहिले पनि उद्धार तथा राहतको कार्य जारी छ । बाढी पीडितका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने क्रम जारी छ । सोही क्रममा विद्युत् नियमन आयोगले पनि १ करोड रुपैयाँ सहयोग गरेको हो ।