काठमाडौँ । नेपाल दाना उद्योग सङघमा आबद्ध उद्योग तथा संस्थाहरूले भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड १७ लाख ८४ हजार ७०१ रुपैयाँ सहयोग गरेका छन् ।
बाढीेबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम हस्तान्तरण गरिएको सङ्घले जनाएको छ । सङ्घका पदाधिकारीले अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।
ओ.सी.बी फुड्स एन्ड फिड्स प्रा.लि. ले ७५ लाख रुपैयाँ, ओम चाओ विरो फिड इन्डस्ट्रिज प्रा.लि.ले ५० लाख रुपैयाँ, ओम चाओ विरो पेलेट फिड इन्डस्ट्रिज प्रा.लि. ले २५ लाख रुपैयाँ र पोषक बिडर्स फार्म ले २६ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै बुस्टर फिड इन्डस्ट्रिज प्रा.लि. ले १५ लाख १० हजार ५५५ रुपैयाँ, नेपाल वेलहोप एग्रिटेक प्रा.लि.ले १५ लाख रुपैयाँ, ग्लोबल एग्रो ग्रुपले १२ लाख २२ हजार २२१ रुपैयाँ र न्युहाप एग्रिटेक प्रा.लि. ले १२ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यस्तै सिद्धार्थ पेलेट फिड प्रा.लि. ले ११ लाख ५५ हजार ५५५ रुपैयाँ तथा भ्याली पेलेट फिड प्रा.लि., भ्याली एग्रो फिड प्रा.लि., अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रा.लि. र एसियन फिड्स प्रा.लि. ले समान ११ लाख ११ हजार १११ रुपैयाँका दरले सहयोग गरेका छन् ।
एपोलो फिड्स प्रा.लि.ले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपाल पेलेट फिड प्रा.लि. ले ५ लाख ५ हजार ५५५ रुपैयाँ र बि एण्ड बि ग्रुप (के.नेट फिड इन्डस्ट्रिज प्रा.लि.) ले ४ लाख ४४ हजार ४४४ रुपैयाँ योगदान गरेका छन् ।
आशिर्वाद फिड प्रा.लि. ले २ लाख ५५ हजार ५५५ रुपैयाँ, सागर फिड्स् प्रा.लि.ले २ लाख ५१ हजार १११ रुपैयाँ, रोयल फिड इन्डस्ट्रिज प्रा.लि. ले २ लाख ५१ हजार रुपैयाँ र पि.वि.टि. बेस्ट प्रा.लि. ले १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् ।
शिवशक्ति फिड प्रा.लि., पूर्वाञ्चल एग्रिटेक प्रा.लि. र लुम्बिनी एग्रो इन्डस्ट्रिज प्रा.लि. ले १ लाख ११ हजार १११ रुपैयाँका दरले सहयोग गरेका छन् ।
त्यसैगरी हरिसिद्धी दाना उद्योग प्रा.लि. र आर्यन फिड फिड इन्डस्ट्रिज प्रा.लि. ले १ लाख १ हजार १११ रुपैयाँका तथा सुनगाभा फिड इन्डस्ट्रिज प्रा.लि. र स्टार फिड इन्डस्ट्रिज प्रा.लि. ले १ लाख १ हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्