काठमाडौँ। सिद्धार्थ बैंकले असोज २८ गते आफ्नो २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले असोज २८ गते (बुधबार) बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा गर्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूको लागि घोषणा गरेको लाभांश पारित गर्ने जनाइएको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
साथै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई १३६ दिनको समानुपातिक रूपमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्