बुधबार नेप्सेमा सामान्य गिरावट


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन आज पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये ३ ओटा उपसमुहबाहेक सबै उपसमहुको सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा घलेम्दी हाइड्रो पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कमपनीको ३९ करोड ४८ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १४.३७ प्रतिशतले बढेको छ ।

त्यस्तै सानिका ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ३.७८ प्रतिशतले घटेको छ ।

कुल ३५२ कम्पनीको १ करोड २६ लाख ५५ हजार ३ सय ७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।