काठमाडौँ । प्रहरीद्वारा एकपटक दुई मिडियाका पत्रकारमाथि धरपकड गरेको छ । प्रहरीले कार्यालयभित्रै पसेर पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युज प्रहरीले नेपाल प्रेसको कार्यलयभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ ।
सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार विश्वमणी सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसले उल्लेख गरेको छ ।
पत्रकार सुबेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश गरेका थिए । नेपाल प्रेसले भनेको छ,“ प्रहरीको भ्यानमै आएका उनीहरूले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनेर भित्र छिरेका हुन् ।”
समाचार कक्षभित्र प्रवेश गरेर उनीहरुले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भएकाले आफूहरुसँग जान भनेका थिए ।
समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी दिएका छैनन् । उनीहरुले आफूहरु अपराध अनुसन्धानबाट आएको र ‘आइजी साब’को आदेश रहेको मात्रै बताएका थिए ।
सुवेदीले छलफलका लागि आउनुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति दिएनन् । उनीहरुले सुवेदीलाई प्रहरीको गाडीमा हालेर लगेका छन् ।
आजै प्रहरीले मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई बानेश्वरको विजुली बजार स्थित आफ्नै कार्यालयबाट पक्राउ गरेको छ ।
सादा पोशाकमा आएका प्रहरीले कार्यालयबाट केही कुरा गर्नुपर्ने छ भन्दै बराललाई नियन्त्रणमा लिएका हुन् । बराललाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ र पक्राउको कारण भने नखुलेको मोटिभेट न्युजले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्