काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् ।
प्रहरीले आज एकाएक मिडियाका कार्यालयमा प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको थियो ।
चौथर्फी विरोधपछि पक्राउ परेका पत्रकारलाई रिहा गरेको हो ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की हटाउने विषय र बिचौलियासँग न्यायाधीसको भेटघाटको कुरा बाहिरिएपछि प्रहरीले आज तीन पत्रकारलाई पक्राउ गरेको थियो भने थप पत्रकारलाई पक्राउ गर्न कार्यालयमै प्रहरी परिचालन गरिएको थियो ।
मन्त्री तिमिल्सिनाले समाजिक सञ्जालमा भनेका छन्, “पक्राउ परेका सबै पत्रकारहरु रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधार स्तम्भ हुन् ।”


प्रतिक्रिया दिनुहोस्