काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा आफ्नो नाफा २४.४९ प्रतिशतले वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा ३५.८८ प्रतिशतको वृद्धि हो।
बैंकको खुद ब्याज आम्दानी भने सामान्य रूपमा बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यसमा १.४६ प्रतिशतको वृद्धि देखिएको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३।११ प्रतिशतले बढेर ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। त्यस्तै, कर्जा तथा सापटी प्रवाह ७.४९ प्रतिशतले बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको कर्जा तथा सापटी ४ खर्ब ३९ अर्ब ८ करोड रुपैयाँ थियो।
बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ ५१ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ रुपैयाँ ३५ पैसा पुगेको छ। यसमा १९।७० प्रतिशतको वृद्धि भएको हो।
बैंकको खराब कर्जा अनुपात ९एनपीएल० भने गत वर्षको ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ। त्यस्तै, कोषको लागत ९कस्ट अफ फन्ड० ३।९२ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत कायम भएको छ। कोषको लागत घट्नु बैंकका लागि सकारात्मक पक्ष हो।
यता, बैंकको कर्मचारी खर्च ६.९१ प्रतिशतले बढेर १ अर्ब ४० करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो खर्च १ अर्ब ३१ करोड ८२ लाख रुपैयाँ थियो। तर, इम्पेयरमेन्ट चार्ज भने ५१.७० प्रतिशतले घटेर ४८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो चार्ज १ अर्ब १ करोड ९ लाख रुपैयाँ थियो।
बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ थियो। त्यस्तै, जगेडा तथा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ रहेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ भने गत वर्षको १८२ रुपैयाँ ६३ पैसाबाट घटेर १७५ रुपैयाँ ७७ पैसा कायम भएको छ। त्यस्तै, पुँजी पर्याप्तता अनुपात १२.९८ प्रतिशतबाट घटेर ११.३२ प्रतिशतमा झरेको छ।


प्रतिक्रिया दिनुहोस्