पृथ्वी राजमार्ग साढे ८ घन्टापछि दुईतर्फी सञ्चालनमा


काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा अबरुद्ध बनेको पृथ्वी राजमार्ग झण्डै साढे ८ घन्टापछि पूर्ण दुईतर्फी सञ्चालनमा आएको छ ।

अब बिहान ५ बजेतिर सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बन्दा तिहार मान्न हिँडेका यात्रु अलपत्र बनेका थिए ।

आइतबार पनि यही ठाउँमा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको थियो । नागढुंगा मुग्लिन सडक आयोजना पश्चिम खण्डले अवरुद्ध बनेको सडक १ः४० बजेबाट दुइतर्फी सञ्चालनमा आएको जनाएको छ ।