प्रधानमन्त्री शाहको स्वागतका लागि नयाँ दिल्लीमा भव्य तयारी


काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीब्र पारिएको छ ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा राखिएका छन् ।

त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डाहरू पनि पोलहरूमा फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि साह पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।

यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका थिए । प्रधानमन्त्री शाहको यो दोस्रो विदेश भ्रमण हो । दुईदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।