शाओमीकोे मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा


काठमाडौं । चिनीया कम्पनी शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी हुने जनाइएको छ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक पकेट आकारको उपकरण हो जसको सहायताले बाहिरी पावर सप्लाई बिनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि प्mल्याट टायर जुनसुकै समयमा इनफ्लेट गर्न सक्ने जनाइएको छ ।

मी एयर प्युरिफायर–३ शाओमीको स्मार्ट एयर प्युरिफायर हो ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर गुणस्तरीय एबीएसबाट बनेको छ र यसमा करेन्ट÷ प्रिसेट टायरको चाप हेर्न मिल्ने एलईडी डिस्प्ले स्क्रिन र बिल्ट¬–इन २००० ःब्ज् को लिथियम ब्याट्री रहेको छ । यस उपकरणले ०–१५० पीएसआई सम्मको कुनै पनि टायर फुलाउन सक्छ जुन तपाईंको कार, मोटरबाइक, साइकल लगायत फुटबल÷बास्केटबल आदि जस्ता खेलकुद उपकरणहरूका लागि पनि उपयुक्त हुने जनाइएको छ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरले कारको टायर पूर्ण रूपमा फुलाउन ६ मिनेट र साइकलको टायर पूर्ण रूपमा फुलाउन ३ मिनेट मात्र लाग्ने बताइएको छ । यसले सिंगल चार्जमै ५ वटा कारको टायर अथवा ८ वटा साइकलका टायरहरू बाह्य पावर सप्लाईको आवश्यकता बिना पूर्ण वायरलेस अपरेशनको साथ फुलाउन सक्छ ।
यसलाई खल्तीमा राख्न मिल्ने गरी बनाइएको छ ।

यसको सानो साइजले गर्दा यसलाई जतासुकै पनि बोकेर लान सकिन्छ । यो एउटा मल्टि–पर्पोस डिभाइस हो जसमा बिल्ट–इन एलइडि लाइट भएकोले गर्दा राति अथवा अँध्यारो समयमा पनि सजिलैसँग प्रयोग गर्न सकिन्छ ।

यसमा एउटा युनिभर्सल माइक्रो युएसबि पोर्ट छ जसले गर्दा यसलाई सजिलै चार्ज गर्न सकिन्छ साथै पावर बैँकबाट पनि ३ घण्टाभन्दा कम समयमा यसलाई चार्ज गर्न सकिन्छ ।

यस्तै, मि एयर प्युरिफायर– ३ मा एउटा प्राइमरि फिल्टर, एउटा ट्रु एचइपीए फिल्टर र एउटा एक्टिभेटेड कार्बन फिल्टर गरी ३ तहको फिल्ट्रेसन छ ।

हावामा भएका पिएम १० भन्दा माथिका ठूला कणहरुलाई प्राइमरि फिल्टरले छान्छ भने ट्रु एचइपीए फिल्टरले पिएम २.५ सम्मका कणहरुलाई ९९.९७% सम्म फिल्टर गर्छ । त्यस्तै गरि एक्टिभेटेड कार्बन फिल्टरले हावालाई फर्मल्डिहाइड, अन्य विषालु पदार्थ र गन्धबाट शुद्ध बनाउँछ । ३६० डिग्री सिलिन्ड्रिकल डिजाइन भएकोले गर्दा यो प्युरिफायरले सबै दिशाबाट हावा तानेर फिल्टर गर्न सक्ने जनाइएको छ ।

यसले एक मिनेटमा ४८४ वर्ग फिटको क्षेत्रफलमा ६,३३३ लिटर शुद्द हावा प्रदान गर्छ । यसमा टच–स्क्रिन ओएलइडि डिस्प्ले पनि रहेको छ जसले हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स देखाउँछ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य रु ५,९९९ रहेको छ र यो स्ट्यान्डर्ड कालो रंगको भेरियन्टमा उपलब्ध रहेको छ । यस्तै गरि मी एयर प्युरिफायर–३ को मुल्य रु २३,४९९ रहेको छ ।