अटो पत्रकार संघ (जाम) घोषणा, नाडाले गर्यो स्वागत


काठमाडौं । अटो पत्रकार संघ (जाम) को घोषणा भएको छ । वरिष्ठ पत्रकार एवम् सञ्चार गृह व्यवसायी उज्वल जंग शाहको नेतृत्वमा बिहीबार राजधानीमा ११ सदस्यीय ‘जर्नालिष्ट एसोसिएसन फर अटोमोबाइल एण्ड मोविलिटी (जाम) को घोषणा भएको हो ।

जामको उपाध्यक्षमा पत्रकार सुरेन्द्र पौडेल चयन भएका छन् भने, महासचिवमा सागर गजुरेल, सचिवमा तोयानाथ पौडेल र कोषाध्यक्षमा रोशन कुमार श्रेष्ठ चयन भएका छन् ।

संघको अन्य केन्द्रीय सदस्यहरुमा प्रयास श्रेष्ठ, सौरभ नेपाल, रामकृष्ण न्यौपाने (शक्ति), वसन्त अर्याल , युवराज बस्नेत, उज्वल घिमिरे चयन भएका छन् ।

नवगठित जामका सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन् ।

सोही दिन नवगठित जामका पदाधिकारीहरुलाई नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले स्वागत गरेको छ ।

होटल सोल्टीमा आयोजित कार्यक्रममा जामका नव नियुक्त पदाधिकारीहरुलाई नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले खादा लगाएर सम्मान गर्दै स्वागत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष दुलालले वृहतर अटोमोबाइल क्षेत्रको अहिलेको आवश्यकता अटोमोबाइल व्यवसायी, सरकार र उपभोक्ताका बीचमा रहेर सेतुको काम गर्ने असल पत्रकारको खाँचो रहेको र त्यो अभाव अब जामले पुरा गर्ने विश्वास व्यक्त गरे ।

सोही अबसरमा जामका तर्फबाट बोल्दै अध्यक्ष उज्वल जंग शाहले नाडासँग मिलेर जामले सडक सुरक्षा, यातायात निर्यात र अटोमोबाइल क्षेत्रको यावत् ज्ञान र सरोकारका मुद्दाहरु जनमासमा पु¥याउन चाहेको बताए ।