काठमाडाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले गत असोज १६ गते आएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका-४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीज्यूले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।
सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हदसम्म भएपनि राहत मिल्ने उनको धारणा थियो ।
विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिँदै आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस्