नाडा अधिवेशनको लागि चौधरीको प्यानल घोषणा


काठमाडौं । नाडाको हुन लागेको अधिवेशनको लागि करण चौधरीले आफ्नाे प्यानल घोषणा गरेका छन् । चौधरी हाल नाडाको उपाध्यक्ष समेत रहेका छन् । उनी आगामी कार्यकालको लागि अध्यक्षको तयारीमा लागिरहेका बताएका छन् ।

काठमाडौंमा भएको प्यानल घोषणा कार्यक्रममा चौधरीले अधिवेशनको दिनसम्म सर्वसम्मतको लागि पहल गर्ने बताए । २३ गतेसम्म सर्वसम्मतको बाटो बनोस् नभए निर्वाचनको विकल्प नभएको उनले बताए । “करण चौधरीले आफ्नाे समुह देखायो अब सर्वसम्मतको बाटो बन्द होइन, अधिवेशनको दिनसम्म बाटो खुल्ला छ” उनले भने, “हामी जित्छौं भनेका छौं यो अह्मता होइन यो विश्वास हो ।”

यस्तै, सिप्रदीका सिइओ राजन बाबु श्रेष्ठले भोलिका चुनौतीमा सबै मिलेर जाने बताए । संगठनलाई बलियाे बनाउने चुनौती रहेको उनले बताए । नाडालाई एकताबद्ध बनाउन सहमती खोजिराखेको उनले जानकारी दिए ।

सम्पूर्ण अटोक्षेत्र प्रतिनिधित्व गर्ने चार पाङग्रे, दुई पाङग्रे, व्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्ट, सबै क्षेत्रलाई समेटर टिम बनेको चौधरीले जनाएका छन् ।

प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।