महिला लघुवित्तको ८६ हजार कित्ता संस्थापक सेयर लिलामीमा


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर लिलामीमार्फत बिक्रीमा राखेको जनाएको छ ।

कम्पनीले ८६ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मंसिर ३ गतेभित्र सेयर रजिष्टर्ड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा आईपुग्ने गरी आवेदन दिई सक्नुपर्नेछ ।