डिप्रोक्स लघुवित्तद्वारा सेयरधनीलाई नगद लाभांश लिन अनुरोध


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्रना सेयरधनीहरुलाई नगद लाभांश लिन अनुरोध गरेको छ ।

संस्थाको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश केही लगानीकर्ताले ५ वर्ष वितिसक्दा पनि नलिएको हुँदा एक सूचना जारी गर्दै बुझिलिन अनुरोध गरेको हो ।

उक्त नगद लाभांश लिनको लागि आफ्नो सेयर प्रमाणपत्रका साथै आफ्नो परिचयपत्र लिई यस वित्तीय संस्थाको सेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौंमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ । तोकिएको समयमा नगद लाभांश नलिएमा उक्त रकम लगानीकर्ता कोषमा जम्मा हुने छ ।