काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले आजका लागि सेयर कारोबार स्थगित गरेको छ ।
नेप्सेले आज सूचना जारी गरेर आजका लागि धितोपत्र कारोबार स्थगन गरिएको जनाएको हो ।
बिहान साढे ८ बजेदेखि काठमाडौँ जिल्लाको चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेको र धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत स्थगनको अनुरोध आएको भन्दै कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
जेनजी आन्दोलनका कारण आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सरकारले कर्फ्यू आदेश जारी गरेको छ ।
काठमाडौँको सबैभन्दा बढी व्यस्त हुने चक्रपथ भित्र सरकारले कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनसँगै नेप्सेको कारोबार पनि आजका लागि स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस्