काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले आफ्ना सूचीबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई नयाँ बहिरंग (ओपीडी) सेवा सुविधा कार्यान्वयन गर्ने निर्णय अनुसार सूचना जारी गरेको छ।
बोर्डले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने र बीमित नागरिकको सेवा उपभोग सहज बनाउने उद्देश्यले नयाँ सुविधा निर्धारण गरेको छ।
नयाँ व्यवस्था अनुसार, हाल सुविधा थैलीमा रहेको बहिरंग (ओपीडी)सेवा प्रति परिवार पाँच सदस्यसम्म वार्षिक २५ हजार रुपैयाँ बराबर उपलब्ध हुनेछ। प्रत्येक थप सदस्यका लागि ५ हजार रुपैयाँ बराबरको अतिरिक्त सेवा सुविधा पनि प्रदान गरिनेछ।
यो निर्णय आउँदाे फागुन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बिमा बोर्डले अनुरोध गरेको छ। साथै कडा तथा दीर्घरोगहरूको उपचार सम्बन्धमा हालको व्यवस्था स्वास्थ्य बीमा नियमावली अनुसूची-६ अनुसार कायम रहने जानकारी पनि दिइएको छ।


प्रतिक्रिया दिनुहोस्