काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
अर्घाखाँची सिमेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गर्ने निर्णय गरेको उल्लेख गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सहयोग रकम अर्थमन्त्री डा.स्वार्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले भनेको छ,“यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै हामी बाढीपीडितहरूसँग छौं। सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख योगदान गर्ने घोषणा गर्दछौँ ”
कम्पनीका अनुसार उक्त सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास लिइएको छ ।
रसुवासहित बाढी प्रभावित क्षेत्रमा सरकारी निकाय, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेका बेला अर्घाखाँची सिमेन्टले पनि सहयोग उपलब्ध गराएको हो ।


प्रतिक्रिया दिनुहोस्