टेलिकमको संचालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित


काठमाडौं । नेपाल टेलिकमको संचालक पदमा लगानीकर्ताको तर्फबाट अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।

टेलिकमको आगामी साधारण सभामा हुने निर्वाचनमा लगानीकर्ताको तर्फबाट एक संचालक को लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय थियो । उक्त समय भित्र अरु कसैको पनि मनोनयन दर्ता नभएपछि पौडेल संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका थिए।

पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन् भने उनी आईएमई ग्रुपको लगानी रहेको चन्द्रागिरी हिल्सलगायत कम्पनीहरुमा समेत निर्देशक तथा लगानीकर्ताको रुपमा आबद्ध छन् ।

निर्विरोध निर्वाचित पौडेल उनी लगानीकर्ता कम्पनी हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालिका निर्देशक समेत हुन् । टेलिकमको यहि चैत्र १३ गते १३ औं वार्षिक साधारण सभा हुँदैछ ।