लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर भदौ १८ गतेदेखि लिलामीमा बिक्री खुला हुने


काठमाडौं । सनराइज बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर भदौ १८ गतेदेखि लिलामीमा निष्कासन तथा बिक्री खुला हुने भएको छ ।

कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला हुने भएको छ ।उक्त संस्थाापक सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज १ गते अपरान्ह्र १ः३० बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य ४२१।६३ रहेको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

कम्पनीले सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ ।