युनिलिभर नेपालले प्रतिसेयर ६४० रुपैयाँ लाभाशं घोषणा


काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७७/८८का लागि लाभाशं दिने घोषणा गरेको छ । कम्पनीले प्रतिकित्ता ६४० रुपैयाँको दरले सेयरधनीलाई लाभाशं दिने घोषणा गरेको हो ।

हिजो बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुको सेयरधनीहरुलाई प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको ४५ कार्यदिनभित्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।