बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ आजदेखि


काठमाडौं ।  आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण सेयर आइपीओ निष्काशन भएको छ । कम्पनीले सर्वसाधारणका लागि आज देखि ८ करोड रुपैंया बराबरको ८ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सेयरमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिनेछ। जसम न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओलाइ इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम जोखिम रहेको जनाउँदछ।