गुराँस लघुवित्तद्वारा १६ प्रतिशत बोनस सेयर घोषणा


काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं दिने घोषणा गरेको छ । कम्पनीले कुल चुक्त पुँजीको १७ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

संस्थाको सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ करोड ३४ लाख रुपैयाँको कुल १७.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १६.९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८८९८१४४ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।