जिडब्लुएमको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प हुँदै


काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्स प्रा.लि. ले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । आफ्नो दुई एसयूभी थर्ड जेनेरेसन हवाल एच सिक्स र हवाल जोलायन का साथै पीक–अप पावरको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गरेको हो ।

यो आयोजना मङसिर १४ गते सकिनेछ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागि हुन सक्ने जनाइएको छ । सहभागि हुन इच्छुकहरुले थापाथली, काठमाडौं स्थित ग्रेट वाल मोटर्स को शाोरुममा गएर बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे भित्र निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको मी स्मार्ट टि.भी. जित्ने मौका पाउनेछन् । यस क्याम्प अन्र्तगत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।