पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा ४ चौथो दीक्षान्त समारोह आयोजना


काठमाण्डौँ । ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज चौथो दीक्षान्त समारोह आयोजना गरेको छ ।

पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन कलेज हो ।

काठमाण्डौंको होटल एलोफ्टमा आयोजित उक्त दीक्षान्त समारोह काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो दीक्षान्त समारोहमा क्याम्पसका बी. एससी आँनर्स कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इनजीनियरिङ र बिबिए अध्ययन गरेका ८८ विद्यार्थी दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका प्रा. डा. भोला थापाले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जालानले अध्यक्षीय मन्तव्य दिँदै दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए । अध्यक्ष जालानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको समष्टिगत विकासका लागि सहकार्य गर्नुपर्ने बताए । उनले यसका लागि दुवै पक्षको सहकार्यका लागि सरकार नीतिगत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल सरकार, शिक्षा मन्त्रालयले संस्थालाई कलेज सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ साथै संस्थाले त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता पनि प्राप्त गरेको छ । युनिभर्सिटी अफ बेडफोरसायर टाइम्स युके रैकिङ अनुसार विश्वको ६०० देखि ८०० स्थानको बिचमा पर्छ ।