नेपालमा सार्वजनिक हुँदै ओप्पो ए५७ र ए७७


काठमाडौँ । स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहने कम्पनीले जनाएको छ ।

यी फोनहरुको कार्यक्षमता मनोरञ्जन का साथै उत्कृष्ट फोटोग्राफीका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् ।

यो सिरीजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजकोे तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टुडी डिजाईन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरिएको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई सर्पाेट गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन भएको कम्पनीको दाबी छ ।

कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति भने तोकेको छैन, यद्यपि यो फोन नेपालमा चाँडै नै सार्वजनिक हुने जनाइएको छ ।