गरिमा विकास बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने


काठमाडौं । गरिमा विकास बैँकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर सदस्यहरूलाई साढे १४ प्रतिशत लाभांश दिने भएको छ ।

कार्तिक २४ गते बसेको बैँक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरूलाई हाल कायम चुक्ताको १३ प्रतिशत सेयर लाभांश र १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१ रुपैयाँ ८९ पैसा छ । यसको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५ रूपैयाँ २५ पैसा बोनस सेयरमा कन्भर्ट गर्नेछ भने बाँकी १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२ रूपैयाँ ५३ पैसा बैँकले नगद लाभांश बाँड्ने छ ।

लाभांश भने नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैँकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ ।