नेप्सेले गर्‍यो ४ वटा कम्पनीको कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज ४ वटा कम्पनीको कारोबार फुकुवा गरेको छ । मंगलबार नेप्सेले ग्लोबल आईएमई बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार फुकुवा गरेको हो ।

योसँगै ४ वटै कम्पनीको भोलि बुधबार देखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ । नेप्सेले चार वटै कम्पनीको आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ुधितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ु बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । यो सँगै अब बुधबारबाट दोश्रो बजारमा ४ ववटै कम्पनीको कारोबार सुरू हुनेछ ।

धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याइसकेको छ । सो निर्देशिका अब मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोकिनेछ ।