सेञ्चुरी कमर्सियल बैंकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिद नगद लाभांश दिने


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिद नगद लाभांश दिने भएको छ ।

बिहीबार सम्पन्न बाह्रौ वार्षिक साधारण सभाले बोनस सेयर र नगद लाभांश पारित गरेको हो । साधारण सभाले ‘शेयरधनीहरूलाई आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ९,५५,३९,०९,१९८.८९ को ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको’ बैंकले जनाएको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ९७.२९ अर्ब र कर्जा रकम रु. ८७.४५ अर्ब परिचालन गरी रु. ३१.८५ करोड खुद मुनाफा आर्जन गरेको छ ।