कुमारी बैंककाे सीईओमा रमेशराज अर्याल


काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याल नियुक्त भएका छन् ।

बैंकको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा अर्याललाई नियुक्त गरेको हो ।

कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्स बैंक एक आपसमा गाभिई बनेको कुमारी बैंक नेतृत्व अब अर्यालले पाएका छन् ।

यसअघि कुमारी बैंकको सीईओ रहेका रामचन्द्र खनाल सिनियर डेपुटी सीईओको रुपमा रहेका छन् ।

बैंकको अध्यक्षमा अमिर प्रतापजंग बहादुर राणा चयन भएको पनि कम्पनीले जानकारी दिएको छ ।