आज सबैभन्दा धेरै नाफा कमाउने यी ३० कम्पनी


काठमाडौं । सरकार परिर्वतनसँगै निरन्तर उकालो लागेको नेप्से परिसूचक बुधबार ६४ अंकले बढेर २१ सय अंक माथि पुगेको छ ।
विगतको लामो वियरिस खेपका लगानीकर्ताहरुले पुस महिनाको दोस्रो सातादेखि राहतको अनुभव गरेका छन् ।

अर्थमन्त्रीमा जर्नादन शर्माको बहिगृमनसँगै विष्णु पौडेलको आगमनमा प्रफुल्लित बनेका लगानीकर्ता अब घाटापूर्ति मुडमा रहेको सेयरबजारका विज्ञहरु बताउँछन् ।

सरकार परिर्वतनको ९ दिन मध्ये कारोबारको ७ दिनमा २५८।६७ अंकले वृद्धि भएको छ ।

बुधबार आज नेप्सेमा ३० वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । जसमध्ये ९ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिंकाशं लघुवित्त रहेका छन् ।

नेप्सेमा साल्ट टेड्रिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी ८ वटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै कालिका पावर कम्पनी र आरएसडीसी लघुवित्त,बाराही हाइड्रो पावर र विन्ध्यवासिनी हाइड्रो पावरको सेयरमूल्य सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ भने, अन्य १८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

समग्रमा हेर्दा आज लगानीकर्ताहरु लघुवित्त र हाइड्रोपावरका कम्पनीमा आर्कषित बनेको देखिन्छ ।