आज वृहत् खोप अभियान, देशैभर खोप लगाइँदै


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर बृहत् खोप अभियान संचालन गर्न लागेको छ । खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदै छ ।

मन्त्रालयका अनुसार जन्मने बित्तिकै दिइने बिसिजी खोपदेखि १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिन लागेको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले ५ बर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगि छुटेका खोप लगाउन अनुरोध गरेका छन् ।

खोप नलगाउदाँ बालबालिकामा हुन सक्ने रोगको संक्रमण साथै अपाङ्गता तथा मृत्यु हुनबाट बचाउन सबैमा खोपको आवश्यक हुने हुदाँ खोप अभियानमा सहभागि भइ समन्वय गरिदिन सम्पूर्ण अभिभावक, नागरिक समाज, राजनितिकर्मी, स्वास्थ्यकर्मी, शिक्षक,संचारकर्मी तथा आम नागरिकमा अनुरोध गरेका छन् ।

आज देशभरका स्वास्थय केन्द्रहरुमा जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप लगाइँदै छ ।