मंगलबार पनि स्थिर रह्यो सुन


काठमाडौँ । सुनचाँदी बजारमा आज मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको विवरण अनुसार आइतबार तोलाको १ हजाल ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सामबार र मंगलबार स्थिर रहि सोही मूल्यमा नै कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार स्थिर रहेको चाँदीको मूल्य आज मंगलबार पनि स्थिर रहि तोलाको १३९५ रुपैयाँ कारोबार मुल्य तोकिएको छ ।