मौद्रिक नीति समिक्षाको प्रभाव: सेयर बजारमा ‘पोजेटिभ सर्किट’, २० मिनेट कारोबार स्थगित


काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । आइतबार कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि पोजेटिभ सर्किट ब्रेकर लागेको हो । पहिलो पटक चार प्रतिशत सेयर सूचक तलमाथि हुँदा २० मिनेट कारोबार बन्द हुने गर्दछ।

दोस्रो पटक थप एक प्रतिशत बिन्दुले सेयर उकालो लागेमा फेरी ३० मिनेटका लागि सेयर कारोबार बन्द हुने छ। अघिल्लो दिनको तुलनामा सूचक ६ प्रतिशतले बढेमा उक्त दिनको पुरै कारोबार बन्द हुने प्रावधान छ ।

अहिले नेप्से ७४ अंक बढेर १९२६ अंकमा कायम भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले व्याजदर घटाउने, सेयर धितो कर्जाको जोखिमभार १२५ मा झारेको थियो ।

आइतबार नेप्से सूचक एकाएक उछाललाई सकरात्मक मौद्रिक नीति समिक्षाको रुपमा हेरिएको छ।