काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन सेयरबजारमा उछाल आएको छ ।
आइतबार (आज) प्रि–ओपन सेसनमा ३८ अंकले बढेको नेप्से परिसूचक ११ बजेर १ मिनेट जाँदा १०२ अंकले बढेर सर्किट लागेको छ ।
नेप्से परिसूचक ८५.३४ अंकले बढेर २६७०.८२ अंकमा पुगेको छ । नेप्से परिसूचक ३.९९ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार बन्द भएको छ ।
शुत्रबार सार्वजनिक भएकाे मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका विषयकाे सेयरबजारमा प्रभाव देखिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्