ऊर्जातर्फ चार अर्ब र सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी क्षति भयोः मन्त्री खड्का


काठमाडाैँ ।ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ऊर्जातर्फ चार अर्ब र सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले मन्त्रालय अन्तर्गतका २१ वटा आयोजनाहरुमा क्षति पुगेको बताएका हुन् । उनले ऊर्जा तर्फ चार अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए । त्यस्तै सिंचाईतर्फ एक अर्ब ३५ करोड रुपैयाँभन्दा माथि क्षति भएको अनुमान रहेको उनले जानकारी दिए।

मन्त्री खड्काले विपद्बाट १ हजार १०० मेघावाट विद्युत अवरुद्ध भएको र मर्मतको प्रयास भइरहेको बताए ।नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सडक सञ्जाल टुटेका कारण विद्युत अवरोध भएको स्थानहरूमा मर्मतसम्भार गर्न गाह्रो भएको बताए । यद्यपी विद्युत चाँडै पु¥याउनेगरी काम गरिरहेको उनको भनाई छ । उनले दशैँ अगाडी नै विद्युत सेवा पु¥याउनेगरी काम गरिरहेको बताए ।