काठमाडौँ । नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट, एक्स्पोबाट उक्त ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो ।
कोनिका मिनोल्टा बीएच–सी२२६आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई÷डब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच–२२५बी÷डब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । उत्कृष्ट पर्फर्मेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी दिएको छ ।
नयाँ मोडलहरू सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गते अर्थात् आजदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।
सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् । “सागर ग्रुपले नेपालमा लामो समयदेखि कोनिकाका प्रिन्टर बिक्री गर्दै आएको छ, यी प्रिन्टर आम उपभोक्ताको रोजाइमा पर्न सफल छन्, नयाँ आएका कोनिका प्रिन्टरहरूले कार्यशैलीमा फरक पन दिन्छ,” उनले भनिन् ।
कोनिका मिनोल्टा प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । यी प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्