काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले चोरी पैठारी गरि ल्याइएको समानहरु लामो समयसम्म पनि लिलामी गर्न नसक्दा राज्यले करोडौंको राजश्व गुमाउनु परेको बताएका हुन्।
उनले भने, “नेपालभरिका भन्सार कार्यालयमा चोरी पैठारीबाट बरामद गरेका सामानहरुको नेपाल सरकार अर्थ मन्त्रालयले व्यवस्थापन गरेमा राजश्व क्षतिबाट जोगिने अवस्था हुन्छ । त्यो व्यवस्थापन गर्ने सन्दर्भमा सबैले पुरस्कार बनाउने व्यवस्था पनि हुनसक्छ ।”
उनले देशभरका भन्सार कार्यालयमा बरामद सामानको समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्