काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ अंकमा पुगेको छ ।
आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार दिन नेप्सेमा माछापुच्छ्रे बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ८१ करोड ३६ लाख ५२ हजार रुपैयाँ बढिको कारोेबार भएको छ ।
आजको दिन नेप्सेमा पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.७९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
कुल ३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७ सय ५५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्