काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूमा शुक्रबार भएको तोडफोड, आगजनी, लुटपाट र अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी गर्न विशेष अनुसन्धान कार्य सुरू गरेको जनाएको छ।
कोटेश्वर, तीनकुने, सिनामंगल, जडिबुटी लगायतका स्थानहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र र सार्वजनिक तथा निजी सवारी साधनहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्न नेपाल प्रहरीले आम जनतालाई सहयोगको अपील गरेको छ।
प्रहरीका अनुसार अनुसन्धान कार्यमा आवश्यक प्रमाण संकलन गर्नका लागि स्थानिय नागरिकहरूबाट तथ्यपरक सूचना, फोटो, भिडियो र संलग्न व्यक्तिहरूको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ। सूचना र सूचनाकर्ताको गोपनियता सुरक्षित राखिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्