काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका दुइ महामन्त्री बर्तमान सरकारप्रति आक्रमक देखिएका छन् ।
हिजो मात्रै सार्वजनिक कार्यक्रममै महामन्त्री गगन थापाले ‘सरकार ट्याक्टर’को गतिमा चलेको ‘विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको’ भन्दै सरकारको कडा आलोचना गरेका थिए ।
दोस्रो दिनमै अर्को महामन्त्री विश्वप्रकाश शर्माले बुँदागत असन्तुष्टि राख्दै सरकारप्रति आलोचना गरेका छन् । महामन्त्री शर्माले सात बुँदे असन्तुष्टि सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,“नगर्नुपर्ने निर्णयमा हतारो गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन ।”
सरकारको आलोचना गर्दै विश्वप्रकाश शर्माले सार्वजनिक गरेको धारणा :

नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार फेरिने दाबी गरिरहेका बेला सत्ताघटकको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका दुबै महामन्त्रीले एकपछि अर्को लगातार सरकारको आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्