राष्ट्रसंघका महासचिवद्वारा संयमता अपनाउन आग्रह


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको बताएका छन्।

उनले आन्दोलनकारीलाई विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न पनि आग्रह गरेका छन्।

आज सामाजिक सञ्जाल एक्समार्फत उनले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गरेका छन्।

महासचिव गुटेरेसले सो विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न नदिन, संयमता अपनाउन र रचनात्मक मार्गप्रशस्त गर्नका लागि वार्तालाप गर्न पनि आग्रह गरेका छन्। साथै उनले मानवअधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन्।