काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गर्दा अर्थ मन्त्रालयमा २ जना सहसचिव भित्रिएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार रामकृष्ण पुडासैनी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट अर्थ मन्त्रालय सरुवा भएका छन् भने चन्द्र शाह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अर्थ मन्त्रालय ल्याइएका छन् ।
राजस्व अनुसन्धान विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्