काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिस समितिबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका डा. भट्टको नेतृत्वमा सरकारले सिफारिस समिति गठन गरेको थियो ।
गुणाकर भट्टका दाइ डा. गोपाल भट्टले सेबोन अध्यक्षको लागि आवेदन दिएपछि उनले राजीनामा दिएका हुन् । डा. गोपाल भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । गोपाल भट्ट नातामा गुणाकर भटट्का दाइ हुन् ।
उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा गठित सिफारिस समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल थिए ।
धितोपत्र बोर्ड अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्