काठमाडौँ । पोखरा विमानस्थल निर्माणमा भ्रष्ट्राचारको आरोप लागउँदै अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रूपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन अर्थसचिव, पर्यटन सचिव, सहसचिव, पूर्वसचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र अन्य कर्मचारीहरूलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।
तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र पेश गरिएको हो ।
अख्तियारले चिनियाँ कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजन व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ ।



प्रतिक्रिया दिनुहोस्