पाँच वर्षभन्दा पुरानो लाभांश रकम लैजान सेयरधनीलाई सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम लिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको छ ।

बैंकले विगतका साधारणसभाबाट पारित भएअनुसार गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित सेयरधनीले नलिएको नगद लाभांश लैजान बैंकले आग्रह गरेको हो ।

सेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न भनेको छ ।

बैंकले दाबी नभएको नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने स्पष्ट पारेको छ । दाबी नभएका लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यस्ता दाबी नगरिएका लाभांश अहिले लगानी संरक्षण कोषमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयअन्तर्गत रहेको उक्त कोषमा पाँच वर्षसम्म पनि लगानीकर्ताले नबुझेको लाभांश सङ्कलन हुने व्यवस्था छ, जहाँबाट वास्तविक लगानीकर्ता वा उनका उत्तराधिकारीले आवश्यक प्रमाणका आधारमा पछि पनि आफ्नो रकम फिर्ता लिन सक्छन् ।