काठमाडाैँ । पर्वतकाे पर्वत जलजला गाउँपालिका-८ स्थित फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेकाे छ ।
उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेकाे जनाइएकाे छ । मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
प्रहरीका अनुसार पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्