कार्यप्रगति विवरण सार्वजनिक गर्दै विदा भए आन्तरिक राजस्व विभागका महानिर्देशक दाहाल


काठमाडौँ । आफ्नो कार्यकालमा भएका कार्यप्रगति विवरण सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल विदा भएका छन् ।

सरकारले सुदूरपश्चिम प्रदेशको सचिवमा सरुवा गरेपछि महानिर्देशक दाहालले आज आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै विदा भएका हुन् ।

दाहालले २०८१ फागुन १ गतेदेखि २०८३ वैशाख १४ गतेसम्म महानिर्देशकका रूपमा काम गर्दा भएगरेका मुख्य कार्यसम्पादन सार्वजनिक गरेका छन् ।

दाहालले आफ्नो कार्यकालमा कर प्रशासनलाई अझै पारदर्शी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण सुधार कार्यक्रमहरू अघि बढेकाे बताएका छन् ।

विभागले सार्वजनिक गरेको प्रेस नोटअनुसार दाहालको कार्यकालमा कर प्रणालीलाई पूर्णरूपमा डिजिटलाइज गर्ने, अन्तर्राष्ट्रिय कर सम्झौताहरू मजबुत बनाउने तथा कर चुहावट नियन्त्रणमा कडाइ गर्ने नीति लिइएको छ ।

दाहालले आफ्नो कार्यकालमा कर प्रशासनलाई अझै पारदर्शी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण सुधार कार्यक्रमहरू अघि बढेकाे बताएका छन् ।

दाहालले आफ्नो कार्यकालमा अन्तराष्ट्रिय कर सहकार्य तथा अन्तराष्ट्रिय कराधार विस्तारको काम भएको उल्लेख गरेका छन् ।

दाहालकै कार्यकालमा दोहोरो करमुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौतामा हुने वार्ताका लाग नमुना दस्तावेज तयार गरिनुका साथै मोरिसससँग नेपाललाई हानी हुने गरेर भएको डिटिए खारेज भएको थियो । यी हुन् दाहालकाे कार्यकालमा भएका मुख्य कामहरू :