काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा ३.८५ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ ।
उपभोक्ता मूल्यका आधारमा ३.८५ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गर्दै कार्यालयले आज राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेको हो ।
यस्तै चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव कमलप्रसाद अधिकारीका अनुसार वास्तविक मूल्यको आधारमा अर्थतन्त्रको वृद्धिदर भने ३.६८ प्रतिशत हुने अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्